एकीकृत समाजवादी

पार्टीभित्र कुनै समस्या नरहेको एकीकृत समाजवादीको ठहर

नेकपा एकीकृत समाजवादीले पार्टी विभाजन हुन लागेको भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको जनाएको छ । हिजो जसपा विभाजन भएपछि चलाइएको उक्त हल्लामा कुनै आधार नभएको आज बसेको संसदीय दलको बैठकले निर्णय गरेको छ । प्रमुख सचेतक मेटमणि चौधरीका अनुसार पार्टी विभाजन सम्बन्धमा बाहिर आएका हल्ला गलत हुन् । आजको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे आफ्नो दलले रचनात्मक सुझाव दिनेलगायत निर्णय गरेको छ ।

Page 1 of 2