धरौटी बुझाएर आजै छुट्दै धवल शमशेर
काठमाडौं जिल्ला अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवलशमशेर राणालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
आजको थुनछेक बहसपछि न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो । अदालतका एक कर्मचारीका अनुसार उनी धरौटी रकम बुझाउने प्रक्रियामा छन् । ती कर्मचारी भन्छन्,‘तीन लाख रुपैयाँ धरौटीको आदेश भएको छ । उहाँ बुझाउने प्रक्रियामा हुनुहुन्छ ।’
गत चैत १५ गते राजधानीको तीनकुने…