राप्रपाको पार्टी कार्यालयमा महानगरको डोजर, कार्यकर्ताहरु विरोधमा
काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय हटाउने तयारी गरेको छ । मापदण्ड विपरीत भवन बनाइएको भन्दै धुम्बाराहीस्थि राप्रपा कार्यालय हटाउन लागिएको हो ।
महानगरले पार्टी कार्यालय हटाउन खोजेपछि राप्रपाका नेता तथा कार्यकर्ताको धुम्बाराहीमा भीड लागेको छ । मेयर बालेन साहको निर्देशनमा भवन भत्काउन लागिएको बताइएको छ ।
महानगरपालिकाको टोली डोजरसहित पार्टी कार्यालयमा पुगेको हो । डोजरलाई कार्यकर्ताले अवरोध पुर्याएपछि राप्रपा कार्यालयमा तनाव बढेको छ ।
यसअघि महानगरले राप्रपाको पार्टी कार्यालय हटाउन गत शुक्रबार तीन दिनको समय दिएको थियो ।
टिप्पणीहरू