धर्म डंगोल,
ओलीलाई मात्रै दोषी देखाएर उम्कन पाइन्छ अरु ?
एमालेको पतन केवल एउटा नेता होइन – एउटा दलको, एउटा आन्दोलनको र हजारौं सपनाको त्रासद अन्त्य हो । हेलिकोप्टरबाट ज्यान जोगाएर भाग्दै गुन्डुको कुनामा शरण खोज्नुपर्ने अवस्था एक रातको घटना थिएन – दशकौंको अहंकार, षडयन्त्र र नैतिक पतनको चरम परिणति थियो । यो पतनको दोष एक्लै ओलीको अहंकारमा मात्र खोज्नु अन्याय हुनेछ । पतनको यात्रा तब शुरुभयो जब एमालेका हजारौं कार्यकर्ताले विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर व्यक्तिपूजाको वेदीमा आफ्नो विवेक बलिदान गरे र गलतलाई गलत भन्न नसक्…