रघुजी पन्त
ज्ञवालीले छोडेपछि अवसर प्राप्त पन्तलाई बम्पर
नेकपा एमालेको एघारौँ महाधिवेशनमा स्वतन्त्र उम्मदेवारी दिई पछि संस्थापनको प्यानलमा परेका रघुजी पन्तले उपाध्यक्ष जितेका छन् । उम्मेदवारी मनोनयनको अन्तिम क्षणसम्म चर्चामा नरहेका उनको पक्षमा अनपेक्षित परिणाम आएको हो । दुवै प्यानलमा नपरेपछि पन्तले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । तर, प्रदीप ज्ञवालीले उपाध्यक्ष उठ्न नमानेपछि अन्तिम घडीमा ओलीले आफ्नो समूहमा राखेका थिए । ५ जना उपाध्यक्षका लागि भएको निर्वाचनमा पन्त अन्तिम स्थानमा रहँदै विजयी भए । उनले १२ सय ५८ मत पाएका छन् ।&…