जिल्ला प्रहरी कार्यालय चितवन
कार्यालयको स्वरूप बदलिएपछि चितवनमा प्रहरी सेवा सहज
जिल्ला प्रहरी कार्यालय चितवनमा पछिल्लो पटक कार्यालय प्रमुख मात्र फेरिएनन्, कार्यकक्षको मुहार पनि बद्लिएको छ। नयाँ एसपी गोविन्द पुरी आएपछि उनी बस्ने कोठाको स्वरूप फेरिएको हो। पहिले भर्याङ उक्लिएर जाँदा देब्रेतिर गल्लीबाट सिधै रहेको ढोका हटाएर अहिले सहयोगी बस्ने कोठाको भित्रबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ। कोठाको आन्तरिक सजावट पनि आकर्षक बनाइएको छ। एसपी पुरीले आफ्नै रोजाइमा तयार गराएको थ्रिडी डिजाइनमा बनेको कार्यकक्ष धेरैलाई मन परेको छ। अहिले डिएसपी कक्षमा पनि भित्रै वा…