प्यान लिनेको संख्या पुगनपुग आधा करोड

प्यान लिनेको संख्या पुगनपुग आधा करोड

नेपालमा हालसम्म साढे ४६ लाखबढी करदाताले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । अर्थ मन्त्रालयका अनुसार गत चैत मसान्तसम्म कूल ४६ लाख ७४ हजार २०२ जनाले प्यान नम्बर लिएका हुन् ।

हालसम्म १७ लाख ५३ हजार छ सय ४२ जनाले व्यावसायिक, २९ लाख चार हजार सात सय ७१ जनाले व्यक्तिगत र १५ हजार सात सय ८९ जनाले अग्रीम करकट्टी प्रयोजनका लागि प्यान नम्बर लिएको मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू