अबदेखि सिक्कामा चुच्चे नक्सा र दृष्टिविहीनमैत्री थोप्लो

अबदेखि सिक्कामा चुच्चे नक्सा र दृष्टिविहीनमैत्री थोप्लो

नेपाल राष्ट्र बैंकले एक रुपैयाँको पुरानै डिजाइनको सिक्का प्रचलनमा ल्याउन लागेको छ । साविककै आकार तथा सुनौलो रङ्गमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रूपैयाँको सिक्का भोलिदेखि प्रचलनमा आउँदै छ ।

सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्लाहरु राखिएका छन् । तर त्यहाँ हिमाल,पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहित लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सासमेत राखिएको छ । नेपालको नक्साको दायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरूले स्पर्श गरेर सिक्काको दर पहिचान गर्नका एउटा मोटो थोप्लो पनि राखिएको छ ।

सिक्कामा चन्द्र,सूर्यका साथै सगरमाथाको आकृति र अंग्रेजीमा सगरमाथा, नेपाल लेखिएको छ । सिक्काको माथिल्लो भागमा देवनागिरी लिपिमा नेपाल र तल्लो भागमा २०७७ अंकित छ ।

टिप्पणीहरू