सुनको मूल्य तोलाको १ लाख

सुनको मूल्य तोलाको १ लाख

आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ९९ हजारमा कारोबार भएको सुनको मूल्यमा प्रतितोला ९ सय बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो यसको मूल्य ९८ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ८० कायम भयो । चाँदीको भाउ हिजो पनि त्यही थियो ।

टिप्पणीहरू