​आफू मरेर जसले अरुलाई कीर्ति दिए

  • संकेत कोइराला

कृष्णप्रसाद भट्टराई जस्ता निष्काम, कर्मयोगका दिव्यपुरुष आखिर जीवनको उत्तराद्र्धमा न हाँसको चाल, न बकुल्लाको चालजस्तै परिचयविहीन बनाइए । सम्झाउनी बिर्साउनीका रूपमा उनको नाममा रहेको आश्रम आस्थापुञ्ज धाम हुनुपर्नेमा एउटा क्लबको हैसियत पनि लिन सकेको छैन । दुःखका बेला पूरै कांग्रेस पार्टीलाई नै काँध हाल्ने सुवर्णसमशेरको फोटोमा कांग्रेसजन फूल, अबिर त धस्काउँछन् तर रुचिसाथ नाम लिँदैनन् । शिव कंगाल बीपीको घरमा पाहुना भएर जाँदा चिया ल्याउन अ¥हाउने खुमबहादुर भ्रष्टाचारको मुद्दामा पुलिस गेष्टहाउसको पाहुना हुँदै कांग्रेसजनले रुचाइएका नेतामा अनुवाद भएर पनि देवताको प्यारा भइसकेका छन् । उनको आतिथ्यमा चिया पिउने शिव कंगाल महाकंगाल भएर भीखको जिन्दगी बाँचिरहेका छन् । बीपीको सपनामा टेकेर आफ्नो सपना साकार बनाउनेहरू कांग्रेसभित्र समाजवादको व्याख्याता भएका छन् । उनीहरू हाक्काहाक्की भन्ने गर्छन्– ‘मेरो जीत नै बीपीले कल्पना गरेको समाजवादको अन्तिम प्यारामिटर हो ।’ चुनावका बेला यो दृश्य झन् भद्दा रूपमा प्रकट हुने गर्छ । 

भोग विलास र सुख सुविधामा हैन, नेताको उचाई इमान्दारी र निष्ठामा चहकिलो बन्दै जान्छ । त्याग नेतालाई खार्ने अचुक अस्त्र हो । विश्वका कुनै पनि राजनेता सुख, दुःखलाई समभावमा हेर्ने चरित्रका कारण मर्यादाको उपल्लो श्रेणीमा पुगेका छन् । दक्षिण अफ्रिका मात्र हैन, अफ्रिकी भूगोल नै नेल्सन मण्डेलाको नामबाट परिचित छ । अंग्रेजले भारतमा तोप, गोला, बारुदको साम्राज्य जमायो तर त्यो भौतिक तागतले लुरे महात्मा गान्धीले लिएको अहिंसाको ब्रतलाई अलिकति हल्लाउन त के फर्केर हेर्न पनि सकेन । 

दुःखको छायाँले कसको जीवन रुझेको छैन र ? युगपुरुष कहलिएका महात्मा गान्धी आफ्नो बाल्यकालको जीवनगाथा यसरी प्रकट गर्छन्– ‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेला मेरो उमेर १२÷१३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसाहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रूपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं । दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन । बाला काटियो कर्जा तिरियो तर मेरालागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन । मलाई लाग्यो– मैले यो कुरा पिताजीलाई भन्नुपर्छ । मुख खुलेन । चिठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिठी दिँदा हात कामेका थिए । उहाँले चिठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुःख बुभेंm । यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रोसँग तयार गर्न सक्थें ।’

म्याक्सिम गोर्की आपूm भात खान नपाएर मरे तर उनले आफ्नो ख्याती आमा कृतिमार्पmत संसारका हरेकको जीब्रोमा स्थापित गराए । 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ख्यातिमा थुप्रै ठेली तयार भएका छन् । यदि, देवकोटा नामको जमिन नेपाली साहित्यमा स्थापित नभएको हुँदो हो त सानै भुइँचालोले धेरै क्षति गथ्र्यो होला । तर सिद्धहस्त देवकोटाले मैनजस्तै आफू जलेर भएपनि शब्दको उज्यालो छरे । जीवनको उत्तराद्र्धमा कहालिलाग्दो जीवन भोगेका उनी आखिर श्रीकृष्ण रहेछ एकको निश्कर्षमा मात्र पुगेनन् कि बाँच्नुको पीडा सहन गर्न नसकेर मृत्युको भीख माग्थे । उनले त्यो तीतोलाई यसरी पोखेका छन्– ‘मैले आपूmलाई शान्ति दिन सकिन । म उठ्न सके आपैंm आत्महत्या गर्ने थिएँ । अनि मेरा बालबच्चालाई पनि…..। म यस दुनियाँलाई बोझ र चिन्ता दिन चाहन्न । अरूले मलाई बुद्धिजीवी भनेतापनि म आफ्नो निम्ति मूर्ख भएँ, अन्धो भएँ । म त्यो ज्योतितिर ढल्कन खोज्दछु तर अन्धकारले बोलाइरहन्छ । म त्यो असह्य वेदना खप्न सक्दिनँ । पोटासियम साइनाइड दिए जीवनको सच्चा साथी सम्झने थिएँ । म अपराधी हुँ, त्यसैले अपराध मेट्न चाहन्छु ।’ 

रिचार्ड निक्सन अमेरिकी इतिहासमै नैतिक पतन र भ्रष्ट व्यक्ति भनेर चिनिन्छन् । उनले विवाहित छोरीहरूलाई घर किन्न राज्यकोषबाट एक करोड डलर खर्च गरेका थिए । यसैगरी ज्वार्इंको घर सुरक्षाका लागि ३६ लाख डलर राज्यकोषबाट खर्चिएका थिए । २७ वटा जेट विमानमा दुई सय परिवार सदस्यलाई लिएर सयरमा निस्कन्थे । तर त्यही देशका अर्का राष्ट्रपति जोन अफ केनेडी थुक लगाएर चिठी पठाउँथे । निक्सनभन्दा अघिल्ला राष्ट्रपति लिन्डन बी जोहनसनका परिवार कहिल्यै हवाई सेवा उपयोग गर्दैनथे । निजी या व्यावसायिक उडान गर्थे । गीतामा भनिएको छ– ‘मैले आज यति पाएँ, पछि यति पाउनेछु, अहिले मसँग यति छ पछि अरू थपिन्छ, मैले यो शत्रु मारें, अरू पछि मार्छु भन्ने, मै मालिक हुँ मै भोग गर्ने हुँ, सिद्ध पनि मै हुँ, बलवान मै हुँ, सुखी म नै छु, कुलीन धनवान मै हुँ, मेरो बराबर को छ र ? पुज्छु, दिन्छु, मोज गर्छु भन्ने ठान्ने मूर्खहरू राक्षसी श्रेणीमा जन्मेका नीच हुन् ।’ 

कोलम्बस डाँकू थिए । मार्कोपोलोको पुस्तक पढेर पृथ्वी गोलो छ भन्ने विश्वास भयो । उनले सोचे– भारत पश्चिम तर्पmबाट चाँडै पुगिन्छ । त्यसबेला युरोपियनहरू पृथ्वीमा एक तिहाई भाग पानी र दुई तिहाई भाग भूगोल छ भन्ठान्थे । उनीहरूलाई प्रशान्त महासागर र अमेरिकी महाद्वीप छ भन्ने थाहा थिएन । यद्यपि, भारतको खजाना युरोप लानु नै एकमात्र उद्देश्य थियो । यसैका लागि सन् १४९२ मा निस्किए । ३६ दिनको जहाजी यात्रापछि उनीहरूसँग गएका जहाजीले चिच्याए– धरती धरती । ३ जहाज नाविक, एक वर्षका लागि खाना, विनिमयका लागि थुप्रै साधन, जल सेनापतिको पदवी र पत्ता लागेको ठाउँको उपनरेश । तर उनीहरूको गलत गणनाका कारण भारत नपुगी क्यारेबियन द्विप पुगे । जसलाई हाल वेष्ट इण्डिज भनिन्छ । 

जो कसैको कुरा सुन्दैन त्यो असफल । जो सबैको कुरा सुन्छ त्यो पनि असफल । भनिन्छ– नेपालमा हुनेखाने र हुँदा खाने दुई वर्ग छन् । तर म त भन्छु– त्यो वर्ग भड्खारोमा परेर अहिले मासु्भात खाने र आँसुभात खानेमा विभाजित भइसकेको छ । ज्ञानीहरूको बुझाइमा आपूmसँग जे छैन, त्यो बिर्सनु नै सुख हो । मानिस बाँच्छ वर्तमानमा, तर उसलाई विश्वास हुन्छ अर्को जन्मको । स्वर्ग जान पाऊँ भनेर हजारौं मन्दिरमा लाखौं घण्ट बजाइन्छ । दीप बालिन्छ । भाकल गरिन्छ । कति निर्दोष पशुपन्छी बली चढाइन्छन् । तिमी अर्को जन्ममा के बन्ने ? प्रश्न नखस्दै धेरैको जवाफ आउँछ– पुतली, चरा । अनिश्चित स्वर्गका लागि आर्थिक, नैतिक र भौतिक रूपमा समर्पित हुने मान्छे आप्mनै आँखाअगाडि देखिएका अनगिन्ती अमानवीय दृश्यमा आँखा चिम्लिन्छ । एउटा बालक सडकमा अनिश्चित भविष्य बाँचेको हुन्छ । तर धेरैको संवेदनाले छुँदैन ।

जबसम्म पाप पाक्दैन तबसम्म मीठो हुन्छ । तर फल लाग्न थालेपछि भने पीडा दिन्छ यसले । एक राजाको छोरा बुद्धमा परिणत भयो । अन्यथा त्यो मानव राजकुमार हुन्थ्यो । यहुदी समाजमा मानवीय इच्छाहरूलाई दबाउने जस्ता क्रियाकलापहरू नभएका भए जिसस क्राइष्टको जन्म हुने थिएन । यहुदीले खडा गरेको सामाजिक बन्धनलाई तोड्नका लागि एक साधारण कार्पेन्टर भएर जिन्दगी गुजार्न क्रियाशील युवकले जिसस बन्नुपरेको थियो । स्वतन्त्र अवस्थाको कुनै आकार प्रकार हुँदैन । आकार प्रकार नभई प्रणाली बन्दैन । प्रणाली नभई मानव समाज चल्दैन । किनकि प्रणाली नभई नीति नियम बन्दैनन् । त्यसैले त पागल स्वतन्त्र हुन्छ तर साधारण मानिस स्वतन्त्र हु“दैन ।

टिप्पणीहरू