धन गयो, पीर नमान्नू, इज्जतलाई मामुली नठान्नू

  • संकेत कोइराला 

एकपटक मन्दिरको बलेंसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी, तिमी पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी ढुंगा, म पनि ढुंगा तैपनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन्, पूmलप्रसाद चढाएर ढोग्छन् । तर, मभित्र के त्यस्तो दोष छ र, हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ?’ ढुंगो मन्द मुस्काउँदै जवाफ दिन्छ– ‘हो साथी, हाम्रो जात एउटै, थातथलो एउटै हुँदाहुँदा छिनो बजारिँदा भोगिएको पीडा पनि एउटै तर मानिसले तिमीमाथि एक चोट के हिर्काएका थिए, तिमी प्याट्ट फुटेर दुई टुक्रा भयौ । त्यसैले तिमीलाई मानिसले जुत्ता पुछ्ने सिँँढी बनाए । हुन त ममाथि पनि छिनोको निर्मम प्रहार भएकै हो तर मैले त्यो असैह्य चोट समन गरें । त्यसैले तिमी त्यहाँ छौ, म यहाँ छु । सबै चोट खानेहरू सफल हुँदैनन् । सफल हुन त चोट खप्न सक्नुपर्छ ।’ 

स्वतन्त्र भारतको पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरू दिवंगत हुँदा तीनपुस्ता कोकोहोलो मच्चाउँदै सडकमा निस्कियो । दक्षिण एशियाका नेतामा इतिहासले नेहरूको मरणलाई उच्च सम्मान दिएर मूल्यांकन ग¥यो । नेताले लिएको आदर्श, अडान देशको हितमा कति कालजयी हुनसक्यो भनेर समयको मानकमा ऊ इस्पात भएर निस्कने हो । वास्तवमा नेता पनि ढलोट मूर्तिजस्तै हो । पहिला अविरल अनि निर्मम कुटाई खान्छ, जब भगवानको आकारमा अनुवाद हुन्छ, प्रहार गर्ने नै अन्ततः लम्पसार परेर समर्पित हुन्छ । शक्तिमा हुँदा त स्यालको गर्जन नै काफी छ । यस्तो बेला प्राप्त हुने मलामी भनेको स्वार्थी झुण्डसिवाय केही होइन । सिनेमाको रंगीन संसारबाट राजनीतिमा हेलिएकी तमिलनाडुकी मुख्यमन्त्री जय ललिताको निधन हुँदा अरू ७७ जनाले ज्यान फालेका थिए । विशुद्ध नेता एउटा त्यस्तो ग्रह हो, जो अस्ताउँदा अरू थुप्रै उपग्रहको अन्त्य स्वाभाविक हुन्छ । 

सफल क्रान्तिकारी नेताले राजनेताको श्रीपेच धारण गर्छ भने असफल भएमा अपराधी करार हुन्छ । अपराधी हुन मान्छेको शिर ठुन्क्याउनुपर्छ भन्ने होइन, जब सामुहिक अपेक्षा शहीद बनाइन्छ भने त्यो पात्रको भौतिक उपस्थिति पनि निस्सार हुन्छ । जब पुलिसको सुरक्षामा उसको दैनिकी बित्न थाल्छ, ऊभित्रको नेतृत्व क्षमता धमिरा लागेको बुझ्नुपर्छ । सम्भवतः अभूतपूर्व हुने अवसर गुमाएर भूतपूर्वमा सीमित हुने हाम्रा ठूला मान्छेलाई पुलिसको पछुवा जरुरी हुनु पछाडिको मनोविज्ञान पनि यही नै हो । यदि, देशको नक्शा, झण्डा, राष्ट्रिय गीत नभएर हामीभित्रको मनोविज्ञानलाई सामथ्र्य मान्ने हो भने देशको योग्य नागरिक हुने न्यूनतम योग्यता धेरै नेपालीमा छैन । देशलाई रत्नपार्कजस्तो मनमौजीको थलो बनाएर रत्यौली खेल्नुलाई नागरिक हुनुको धर्म किमार्थ पूरा हुँदैन । दुःखसाथ भन्नुपर्दा अधिकांशको दैनिकी त्यसरी नै बितेको छ । कोही नांगो भएर सडकमा देखिएला, कोही बन्द कोठामा अति व्यस्तको नेमप्लेट टाँगेर निर्णय गर्ला तर भीआईपी निर्णय अझ घातक ठहरिने गरेको छ । देश तंग्रिन नसक्दा आफ्ना गहना दिएर सहयोग गर्ने कोरियाली महिलाले देखाएको उदारता हाम्रा कति नारीका लागि सुपाच्य हुन्छ ? देशलाई समृद्धिको बाटोमा लैजान कपाल बेचेर इतिहास कोरेका कोरियाली मनोविज्ञान कसका लागि प्रेरक होला ? यहाँ त लोकसेवा पास गरेर देशको चीरहरणमा सहभागी हुने र एजेन्टको काम गरेबापत तनखा लिएर पेट पाल्नेबीच किञ्चित अन्तर भेटिन्न । रावणायण लेखिएन, त्यसैले रामायणको प्रचार भयो । तर, कुनै चेलीलाई सोधिँदा तिमी कस्तो दाजु चाहन्छ्यौ भन्दा नेपाली समाजमा कसैले रावणजस्तो भन्ने हिम्मत गर्न सक्दैन । हामी त्यो समाजका उपज हौं, जसलाई क देखि अगाडि र ज्ञ भन्दा पछाडिको संसार खोज्ने न फुर्सद छ, न जाँगर नै ! रावण त्यो पात्र हो, जसले बहिनीको अपमान सहन नसकेर राजवंशमा लडाइँको शंखनाद गरी आपूm नासियो तर सम्झौता गरेन । शत्रुकी पत्नी अपहरण ग¥यो तर छुनु त परै जाओस्, अनैतिक सोच्ने संस्कार ऊभित्र छँदै थिएन । मान्यताका यी ठेली बिर्सिएर हामी बच्चाले आमाको दूध चुस्दासमेत महिला अधिकार हनन हुने कुतर्कतर्पm जाँदै छौं । स्तनपान दिवस मनाउने रहरले कुत्कुत्याउँछ । सत्यचाहिँ के हो भने किराफट्यांग्रा मर्लान् भनेर हात्तीले आफ्नो दैनिकीबाट विश्राम लियो भने के हुन्छ ? प्रकृति त प्रकृति नै हो नि– सर्पको अगाडि पक्कै भ्यागुताको जन्म भएको हुनुपर्छ । मृग बाघभन्दा कान्छो पक्कै होइन । माछा बनाएपछि प्रकृतिले बकुल्ला आविष्कार गरेको भनियो भने नजाति हुन्न होला । नियालेर हेरियो भने असम्भावनाभित्र सम्भावना हुन्छ । यदि तपाईं जुनसुकै विषयलाई गहिरो बनाउँदै जानुभयो भने आफ्नो जन्मदिने बाउको अनुहारमा पनि बाँदरको छनक देख्न थाल्नुहुनेछ । 

एक दशकयता भएका राजनीतिक काकतालीको समीक्षा गर्दा छर्लंग हुन्छ– यो देशमा को भयो भन्दा पनि को मन्त्री भएन ? राज्य संयन्त्रमा नालायक मानिसको उपस्थितिलाई समावेशी भनियो । अनुजा बानियाँदेखि कञ्चन रेग्मीजस्ता पात्र यही नर्सरीमा जन्माएर अरू मानिस निरपेक्ष बस्यौं । साग बेच्नेले साग बेचेर हैन, सिंहदरबार पुगेर सपना पूरा हुने भाकलमा दिन बितायो । पहिचान हैन अवसर, जात हैन सोच, भाषा हैन शिक्षा, धर्म हैन मानवता, संविधान होइन प्रणाली, भागबण्डा होइन, एकता आजको आवश्यकता हो । तर, सत्य बोली हुतिहाराको दैनिकीजस्ता भएका छन् । 

भारतीय राष्ट्रपति एपीजे अब्दुल कलाम मुस्लिम थिए । नमाज पढेपछि सितारमा नित्य रामधून बजाउने उनी बाक्लै साधुहरूको सामीप्यमा पुग्थे । उनको मान्यता थियो– ‘महान् मानिसहरू धर्मलाई मित्रताको माध्यम बनाउँछन् । छुद्र मानिसहरू यसलाई प्रतिष्ठाको मुद्दा बनाएर लडाईं झगडामा अग्रसर हुन्छन् ।’ पुस्तकालयमा कुरान, बाइबल र गीताका किताब एउटै खातमा मिलाएर राखिएका हुन्छन् । यी पुस्तकले आपैंm लडाइँँ गरेको उदाहरण कतै भेटिँदैन । तर, धर्मका नाममा विभेदको खेती गर्नेहरूले स्वार्थको रोटी सेकाउन निर्जीव मान्यतामा धावा बोल्ने गरेका छन् । संसारमा भएका धर्मयुद्ध पछाडिको तीतो सत्य यही नै हो । कुन धर्मावलम्बीलाई मंसिर–पुसको पारिलो घाम मन पर्दैन ? वास्तवमा सबैलाई उत्तिकै प्यारो लाग्ने जाडोको पारिलो घामचाहिँ धर्म हो । कुवाको पानी र ज्ञान उस्तै हो । जो कहिल्यै झिकेर र बाँडेर रित्तिँदैन । कागजमा देश देखिए पनि सार्वभौम मुलुक बनाउने प्रयास सधैं यस्तै तोरीलाउरे काइदाका कारण अद्र्धविराममा टुंगियो । मूल्य पानीको हैन प्यासको, मृत्युको होइन सासको र प्रेमको होइन विश्वासको हुन्छ । 

राजनीतिमा उपयोगवाद कति घातक हुन्छ भन्ने तथ्य आजभन्दा १ सय ६५ वर्षपहिले राजा राजेन्द्रले जंगबहादुरको उछित्तो काढ्दै सैनिक पल्टनलाई लेखेको यो चिठीले पुष्टि गर्छ । जंगबहादुरको अधिकार कटौती गरिएको उक्त पत्रमा भनिएको छ, ‘जंग्याले मेरा बिनाहुकुम भैयाद भारादार मारी उनका जाहान बच्चासमेत मधेसमा धपायो र ६ हरूलाई पनि औंलामा आफ्ना मनोग्य गरी धपायो. आजकाल अर्काका स्वास्नी पनी टिपि घर लैजांछ भंदा सुनीन्छ . यस्तो निमक्हराम जंग्या हत्यारोलाई मैले मुषती यारीबाट षारीज ग¥या. यस्तो पातकी टाढाका गोतियाहरू र भारदारहरू मान्र्या फेरि आप्mनु आग्या चलाइ हजुरको कामकाजमा हुकुम् चल्दैन भनी जबरदस्ती दुनिञाहरूको सही हलाइ मेरा हजूरमा अर्जी च¥हाइ पठाउन लाउन्या ढुंगाको बीगान्र्या सबै जंग्या हो ।’ 

कृष्णलाल मारिए पनि उनको लेखनी सत्यबाट डग्मगाएको छैन । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ– …. सरकारले आफ्नो देशका कुकुरभन्दा विदेशी कुकुरको बढ्ता मान गर्छ तर चोर डाँकाहरूबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरू काम लाग्दैनन् । स्वदेशी कुकुरहरू नै काम लाग्छन् ।’ पृथ्वीमा तीन प्रकारका रत्न छन् जल, अन्न र मीठो बचन वा सूक्ति । तर मूर्खहरूले पत्थरलाई रत्नको नाम दिएका छन् । ठूला महापुरुष आफ्ना आचार, विचारमा सदैव दृढ रहन्छन् । जब कि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छोड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्छ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन । भनिन्छ नि, भोको पेट, खाली गोजी र असफल प्रेमले मानिसलाई धेरै सिकाउँछ । छाताले परेको पानी रोक्ने साहस त राख्दैन तर वर्षामा उभिने हिम्मत भने पक्कै दिन्छ । इमानदारी पनि त्यही हतियार हो ।

सत्यं माता पिता ज्ञानं धर्मो भ्राता दया स्वसा

शान्तिः पत्नी क्षमा पुत्रः षडेते मम बान्धवाः ।।

सत्य मेरी आमा, ज्ञान मेरा पिता, धर्म मेरा दाजुभाइ, दया मेरी बहिनी, शान्ति मेरी पत्नी, क्षमा मेरो छोरो, यी ६ वटा मेरा बन्धु हुन् । इनारमा हालेको बाल्टिन यदि झुक्यो भने पानी भरिएर बाहिर निस्कन्छ । जिन्दगीको गणित पनि यस्तै हो, जो झुक्छ उसले केही प्राप्त गर्छ । दादागिरी त मरेपछि पनि गरिन्छ, सबै पैदल हिँड्दै हुन्छन्, आपूm काँधमा बसिन्छ । 

निराशावादी मान्छे पोखिएको दूधको चिन्ता गर्छ, आशावादी मान्छे बचेको दूध हेरेर खुशी हुन्छ । तपाईंको धन गयो, घर गयो, जागिर गयो तर चरित्र बाँकी छ, विद्वता बाँकी छ । त्योभन्दा पनि बढी तपार्इंको सिंगो भोलि र भविष्य बाँकी छ । आशावादी मानिस घोडाको लिदी भेट्यो भने घोडा खोज्न दौडन्छ तर हार मान्दैन । कबलपभतपयष्चबबिण्ठ२नmबष्।िअयm 

टिप्पणीहरू