सुरूङमार्गमा कार्यरत युवकको मृत्यु, ट्रमा सेन्टरमा खैलाबैला

सुरूङमार्गमा कार्यरत युवकको मृत्यु, ट्रमा सेन्टरमा खैलाबैला

काठमाडौं र धादिङको सीमानामा रहेको निर्माणधीन नागढुङ्गा–सिस्नेखोला सुरूङमार्गमा कार्यरत युवकको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।

गए राति उनलाई गम्भीर घाइते अवस्थामा उपचारको निम्ति राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा ल्याइएको थियो । युवकको निधनपछि सेन्टरमा चर्को विवाद उत्पन्न भएको बताइन्छ । गए राति कार्यरत स्थलमा उनलाई ट्रकले ठक्कर दिएको हो ।

त्यसपछि गम्भीर घाइते भएका २४ वर्षीय ओमकृष्ण पाण्डेलाई उपचारको निम्ति ट्रमा सेन्टरमा ल्याएपनि आज बिहान मृत्यु भएको हो ।

टिप्पणीहरू