गोडा नभएर के भो ? बिदेशी यसरी चढे नेपाली हिमाल

गोडा नभएर के भो ? बिदेशी यसरी चढे नेपाली हिमाल

गोडा नभएका रुसी नागरिक रुस्तम नविवले विश्वको आठौं अग्लो हिमाल मनास्लु आरोहण गरेका छन् । ‘किलर माउन्टेन’ का रूपमा परिचित ८ हजार १ सय ६३ मिटर अग्लो चुचुरो मनास्लुको आरोहण उनले हात टेकेर घस्रिँदै गरेका हुन् ।

अरूलाई ४ घण्टा लाग्ने बाटो उनलाई ८ घण्टा लागेको भएपनि उनले हिम्मत भने हारेनन् । २८ वर्षीय नविवले सन् २०१५ मा रुसको ओम्स्कमा एक सैन्य ब्यारेक भत्किँदा दुवै खुट्टा गुमाएका थिए ।

उनी मनास्लु आरोहण गर्ने दुवै खुट्टा नभएका पहिलो व्यक्ति हुन् । असोज ११ बाट २ रुसी नागरिक र २ शेर्पा गाइडका साथमा मनास्लु आरोहण शुरु गरेका उनी हिजो शनिबार बिहान साढे १० बजे चुचुरोमा पुगेका थिए ।

टिप्पणीहरू