ननुहाएरै सुन्दरी

अफ्रिकामा यस्ता आदिवासी युवती छन्, जो कहिल्यै नुहाउँदैनन् र पनि महादेशभरिकै सुन्दरी कहलिन्छन् । नामिबियाको कुनैन प्रान्तका हिम्बा आदिवासीको जनसंख्या लगभग ६००० छ । खासगरी युवतीलाई नुहाउने अनुमति हुत्र । यहाँसम्म कि हात र खुट्टा धुँदासमेत पानी प्रयोग गर्न दिँदैन । यसको बदला विशेष प्रकारको जडीबुटी उमालेर त्यसको बाफबाट शरीरलाई फ्रेस बनाइन्छ ताकि शरीर नगनाओस् । शरीर सुगन्धित पनि भइराखोस् । सबै महिला घामबाट बच्न जनावरको बोसो र हेमाटाइट्बाट निर्मित लेप लगाउने गर्छन् । हेमाटाइटको कारण शरीर रातो हुन्छ, जसको कारण यिनीहरूलाई ‘लाल मनुष्य’ पनि भनिन्छ ।

टिप्पणीहरू