अदालतको आदेशानुसार सँसद बैठक आइतवार
सरकारले संसद अधिवेशन आगामी आइतबारलाई डाकेको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि दोश्रो पटक आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अदालतको आदेशानुसार साउन ३ गते अपराह्न ४ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
सर्वाेच्च अदालतले २८ असारमा प्रतिनिधि सभा पुन: स्थापनाको फैसला गर्दै साउन ३ गतेभित्र अधिवेशन बोलाइसक्न आदेश दिएको थियो । सोहीबमोजिम मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै क्याबिनेटले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक बर्ष थप्ने निर्णय गरेको छ ।
यी दुबै आयोगका म्याद आजबाट सकिदैं थियो । क्याबिनेटले यी आयोगमा कार्यरत पदाधिकारीको म्याद पनि एक बर्ष थप्ने निर्णय गरेको छ ।
टिप्पणीहरू