कीर्तिपुरको जंगलमा महिला झुण्डिइन्

कीर्तिपुरको जंगलमा महिला झुण्डिइन्

कीर्तिपुर नगरपालिका ४, दूधपोखरीस्थित जंगलमा भारी बोक्ने प्लास्टिकको नाम्लोको पासो लगाएर कटुसको रुखमा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

हिजो दिउँसो साढे ४ बजेको हाराहारीमा परिचय नखुलेकी अन्दाजी ५ फिट उचाई र ३० देखि ३५ वर्षकी गहुँगोरो वर्णकी तामाङ समुदायको जस्तो देखिने महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ ।

स्थानीयले महिला रुखमा पासो लगाएर झुण्डिएको बताएपछि महानगरीय प्रहरी वृत्त,कीर्तिपुरको टोलीले घटनास्थल पुगी मुचुल्का तयार गरेर पोष्टमार्टमको लागि शवलाई साँझ ६ बजे त्रिभुवन विश्वविद्यालय,शिक्षण अस्पताल पुर्याएको थियो ।

झण्डै तीस मीटर अग्लो तेर्सो खालको हाँगामा झुण्डिएको र घटनास्थलको प्रारम्भिक अनुसन्धान र मृतकको अवस्था हेर्दा आत्महत्या आशंका गरिएको छ ।

टिप्पणीहरू