बंगलादेशमा भएको तेक्वान्दो प्रतियोगितामा नेपालले जित्यो पदक

बंगलादेशमा भएको तेक्वान्दो प्रतियोगितामा नेपालले जित्यो पदक
सुन्नुहोस्

बंगलादेशमा पहिलोपटक भएको ‘बंगाबन्धु ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप’ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । १९ देखि २१ अक्टोबरसम्म भएको तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पुगेको टोली पदक जित्न सफल भएको हो । 

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ स्थित थली तेक्वान्दो डोजाङ्का सिनियर खेलाडी एवं सहायक प्रशिक्षक विष्णु खत्री ३० देखि ४० वर्षको उमेर समूहको एकल पुम्सेतर्फ रजत पदक जित्न सफल भएका छन् । त्यस्तै, १८ देखि ३० वर्षको उमेर समूहमा दिपेश पौड्यालले कास्य पदक हात पारेका छन् । 

३० देखि ४० वर्षको उमेर समूहको टिम पुम्सेमा विष्णु, लेखबहादुर गुरुङ्ग र गंगाराम आचार्यले कास्य पदक जितेका छन् । १८ देखि ३० वर्षको उमेर समूहको टिम पुम्सेमा दिपेश, सुनिल शाक्य र प्रदिप गिरी रजत पदक जित्न सफल भएका छन् ।

टिप्पणीहरू