आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको राशन रकम बढाउने निर्णय गरेको छ । फागुन १ गतेदेखि लागु हुने राशन र दैनिक रकममा औसत ५ सय रुपैयाँले वृद्धि हुने बताइएको छ ।
आगामी फागुन २१ गतेको निर्वाचनअघि बढाइएको उक्त रकमकै आधारमा सुरक्षाकर्मीले चुनावमा प्राप्त गर्ने भत्ता पनि सोहीअनुसार पाउने छन् । राशन र दैनिक रकम सशस्त्र प्रहरी बलमा पनि बढ्ने छ ।
नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागको हकमा भने केही भनिएको छैन ।