किन अशुध्द लेख्छन् हाम्रा निकायहरु !

किन अशुध्द लेख्छन् हाम्रा निकायहरु !

कोरोना महामारीको सुरक्षा कवच मानिएको स्वास्थ्य सामाग्री मास्क शब्दको शुध्दताको बारेमा प्राय: निकायहरु अझै अन्योलमा देखिएको पाइएको छ । जनतालाई सचेत गराउने प्रचार प्रसारका लागि तयार पारिएका ब्यानर तथा स्थानीय तहले जारी गर्ने पत्रहरुमा पनि यसको शुध्दता हराएको पाइएको हो ।

मास्क लेख्ने कि माक्स लेख्ने भन्ने बिषयमा प्राय: अनलाइनहरुले पनि बोलिचालिको भाषा माक्स लेख्ने गरेको देख्न सकिन्छ । युनिसेफले माक्स नलेखी त्यसको शुध्दतामा जोड दिदैँ मास्क लेखेको छ । तर,सचेतना कार्यक्रममा देखिने ब्यानरमा भने माक्स लेखेको पाइएको छ । अङ्ग्रेजीमा Mask को अर्थ नकाव वा मुख छोप्ने चिज हो र यो नै शुध्द पनि हो ।

सामुदायिक प्रहरी साझेदारीकार्यक्रम अन्तरगत नेपाल प्रहरी रोल्पा र जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाको ब्यानरमा तपाईंको माक्स खै लेखेको पाइएको हो ।

त्यस्तै, धनगढी उपमहानगरपालिकाले असार १४ गते जारी गरेको एक पत्रमा कोभिड विरुध्दको हाम्रो अभियान अनिवार्य माक्स नै जीवनको वरदान भन्ने नारा लेखिएको छ । जसमा माक्स नभई मास्क लेखिनुपर्ने थियो ।

टिप्पणीहरू