माधव खेमा उठ्यो, काङ्ग्रेस नेताहरु बसे

माधव खेमा उठ्यो, काङ्ग्रेस नेताहरु बसे

ओली सरकारको निरन्तरता या परिवर्तनवारे टुंगोमा पुग्न बैठक बस्ने र नबस्ने अन्यौलवीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेताहरु ढिलो गरी अहिले केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा जुटेका छन् ।

७:३५ बाट शुरु भएको बैठकमा पार्टी सभापति शेरबहादुर देउवा,उपसभापति बिमलेन्द्र निधी, बरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल, प्रकाशमान सिंह, प्रकाशशरण महत, शशांक कोइराला, अर्जुननरसिंह केसी, पूर्णबहादुर खड्का, रामशरण महत, सीतादेवी यादव, रमेश लेखक, बिश्वप्रकाश शर्मा, विजयकुमार गच्छेदार, प्रदीप पौडेल, मानब विश्वकर्मा, आनन्द ढुङगाना, शेखर कोइराला, धनराज गुरूङ, दिलेन्द्रप्रसाद बडु, डा.डिला संगाैला, सुजाता परियार, चिनकाजी श्रेष्ठ, एनपी साउद, गाेपालमान श्रेष्ठ, गगन थापा लगायत ३०/३५ जनाको उपस्थिति छ ।

उता आजै काठमाडौं महानगरपालिका वडा नम्बर १४ लाम्पाटीस्थित मेगा पार्टी प्यालेसमा नेकपा एमाले ( नेपाल – खनाल ) पक्षको आन्तरिक छलफल सम्पन्न भएको छ । जसमा माधवकुमार नेपालका अलावा, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, अमृत बोहोरा, युवराज ज्ञवाली, सुरेन्द्र पान्डे, गोकर्ण विष्ट लगायतको उपस्थिति थियो ।

भेलापछि योगेश भट्टराईले भोलि पुन ३ बजे बैठक बसी पार्टी कुन तरिकाले अगाडि बढ्ने भन्ने कुराको आधिकारिक निर्णय गर्ने बताउनुभएको छ।

टिप्पणीहरू