अरु सुस्मितालाई परिवारबाट मारिन नदिन प्रदर्शन
परिवारका सदस्यबाटै मारिएको भनिएकी हेटौंडाकी सुस्मिता थापा कार्कीको हत्यारालाई कारवाहीको माग गर्दै अहिले माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ ।
मञ्जुश्री असहाय संरक्षण केन्द्र काठमाडौँ र मनमैजु संयुक्त महिला समूहले संयुक्त रुपमा कार्कीको हत्याविरुद्ध प्रदर्शन गरेका हुन् ।
११ बजेदेखि प्रदर्शनकारीले निधारमा कालोपट्टी बाँधेर बिरोध जनाएका छन् । मन्जुश्री असहाय केन्द्रकी केन्द्रीय अध्यक्ष मञ्जु खाँण र मनमैजु संयुक्त महिला संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठको संयुक्त नेतृत्वमा भएको प्रदर्शनमा करिब दुई दर्जनको उपस्थिति रहेको छ ।
प्रदर्शनकारीले ‘हत्या हिँसा बन्द बन्द गर’,’सुस्मिताका चार हत्यारालाई फाँसी दे’, ‘हत्यारालाई सजाय दे’, ‘महिला हिँसा बन्द गर’, ‘सुस्मितालाई न्याय दे’, ‘बुहारी मार्न पाइँदैन’ लेखिएका प्लेकार्ड बोकेका छन् ।
टिप्पणीहरू