पूर्वराजा, रानी प्रधानमन्त्रीको गृहनगरमा

पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वरानी कोमल शाह प्रधानमन्त्रीको गृहनगर दमकमा बस्नुभएको छ । १० दिनअघि काँकडाभिट्टा नाकाबाट भारतको पश्चिम बंगाल हुँदै सिक्किम गएको पूर्वराजदम्पत्ति स्वदेश फर्किने क्रममा शनिबार दमकस्थित हिमालयन महालक्ष्मी चिया बगानस्थित भीआईपी आवास छिरेको हो ।
शनिबार दिउँसो काकडभिट्टाबाट अपरान्ह साढे चार बजे पूर्वराजा रानी बा २१ च ७३१८ नम्बरको गाडीबाट दमकस्थित उक्त चिया बगान छिरेको बताइएको छ ।
टिप्पणीहरू