कैयौं जर्नेललाई कोरोना

कैयौं जर्नेललाई कोरोना

भारत र चीनबाट कोभिड– १९ विरुद्धको भ्याक्सिन ल्याएर धमाधम खोप हान्न थालिए पनि अहिले जंगी अड्डा भने अचम्मसँग कोरोनाले घेरिएको छ ।

१० दिनदेखि सैनिक मुख्यालय यस्तो दुःखमा परेको हो । भारतमा सैनिक सहचारीको तीनवर्षे कार्यकाल सिध्याएर फर्किएका जर्नेल ईश्वरकान्त मैनाली अत्तरिया (धनगढी) ब्यारेकको नयाँ जिम्मेवारी सम्हाल्न जानुअघि धुलिखेलको जमघटमा सामेल भएसँगै सेनामा कोरोनाको महामारी फैलिएको हो । हिमालयन होराइजन, धुलिखेलमा २६ बेसिकका ब्याचीहरुसँग खानपिनमा जुटेका ईश्वरकान्तकै लटका जर्नेलहरुले हिजो दोस्रो चरणको पिसिआर टेस्ट गराएका छन् । ईश्वरबाटै सरेको भन्ने कुनै यकिन त छैन तर एकै लट धेरैलाई कोरोनाले झाप्पु हानेको अवस्था छ ।

कोरोनाले थलिने जर्नेलहरुमा तालिम निर्देशनालयका हाकिम निरञ्जन श्रेष्ठसहित निरीक्षणाधिकृत सीताराम खड्का, महासेनानी जगत पौडेल, सुरेश थापा, विमानस्थलस्थित इञ्जिनियरिङका जर्नेल दीपक बास्तोला, यान्त्रिक परिवहनका जर्नेल भोला बुढाथोकी, अपरेशन चिफ प्रेम शाही हुन् । यी बाहेकका अरु केही सैनिक अधिकारीमा सामान्य लक्षण देखिएको जंगी अड्डास्रोतले जनाएको छ ।

टिप्पणीहरू