हातमा माला लिएर विरोध प्रदर्शन

हातमा माला लिएर विरोध प्रदर्शन

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको प्रतिनिधिसभा विघटन सम्बन्धी गैरसंवैधानिक कदम खारेजीको माग गर्दै विवेकशील पार्टीले आज माइतीघर मण्डलामा अनौठो शैलीको विरोध प्रदर्शन गरेको छ ।

केन्द्रीय सदस्य शशि विक्रम कार्की, विजयबाबु शिवाकोटीलगायतका प्रदर्शनकारीले हातमा सयपत्री फूलको माला सहित ब्यानर बोकेर विरोध गरेका थिए । नागरिकको सार्वभौमिकता नकुल्च भन्ने नारालाई माला लगाइ प्रदर्शन गरिएको थियो ।

टिप्पणीहरू