प्रतिगमन, जातीय विभेद र महिला हिंसाविरुद्ध प्रदर्शन
जनता समाजवादी पार्टी र शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति तथा नेवाः राष्ट्रिय समितिले प्रतिगमन तथा जातीय विभेद र महिलाहिंसाविरुद्ध संयुक्त प्रदर्शन गर्ने भएका छन् ।
उनीहरूले मुलुकमा व्याप्त लैंगिक विभेद, जातीयताको आधारमा हुने विविध खालका हिंसाविरुद्ध आज दिउँसो २ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताइएको छ।
प्रतिगमनविरुद्धको उक्त कार्यक्रममा उपस्थित हुन काठमाडौंमा रहेका पार्टीका नेता, कार्यकर्ता,समर्थक,शुभचिन्तक तथा आमजनसमुदायलाई समेत आयोजकहरूले आह्वान गरेका छन् ।
टिप्पणीहरू