इस सरकार कि इ सरकार ?
कमलादीबाट सिंहदरबारसम्म एउटा पत्र पुग्न कति मिनेट लाग्ला ? बढीमा आधा घण्टा । तर, नेपाल ट्रष्टको कार्यलयबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सिंहदरबारसम्म एउटा पत्र पुग्न १९ दिन लाग्यो । यही तथ्य उनै सहसचिव भुसालले सार्वजनिक गरिदिएका छन् । आइतबार मध्याह्न १२ बजेर १० मिनेट जाँदा उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखे, सिंहदरवारबाट कमलादी पत्र पुग्न लाग्ने समय ः १९ दिन । हामी सूचना प्रविधिको कुरा गर्छौं ।
खास कुरा के हो ? जनआस्थाको सोधनी थियो । नेपाल ट्रष्टको बोर्डले एउटा कमिटी गठन ग¥यो ट्रष्टको संगठन संरचना र नीतिगत परिवर्तनको सन्दर्भमा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल ट्रष्टकै सहसचिवको प्रतिनिधित्व छ । त्यसले प्रतिवेदन तयार पार्नेछ । सोही सन्दर्भमा जानकारीसहित ६ माघमै त्यहाँ तयार भएको पत्र सिंहदरबारस्थित सामान्य प्रशासनमा पुग्न १९ दिन लागेको हो । प्रविधिले फड्को मारेर इ गभरमेन्सको चर्काे कुरा गरे पनि हामी कहाँ छौं भन्ने यसले प्रष्ट पार्छ ।
टिप्पणीहरू