रविका उप दिल्ली पुगे,निम्तो सुरक्षा सल्लाहकारका छोराको !

रविका उप दिल्ली पुगे,निम्तो सुरक्षा सल्लाहकारका छोराको !

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले नयाँ दिल्ली पुगेका छन् । उनी विवेकानन्द इन्टरनेशनल फाउण्डेशनले आयोजना गर्न लागेको सेमिनारमा सहभागी हुन गएका हुन् ।

उक्त फाउण्डेशनलाई दक्षिण एशियाली सुरक्षा,रणनीति र भूराजनीतिक विषयमा अध्ययन तथा संवाद गर्ने प्रभावशाली भारतीय संस्था मानिन्छ । विवेकानन्द इन्टरनेशनल फाउण्डेशनका संस्थापक निर्देशक भारतका प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल हुन् । 

हाल यस संस्थाको निर्देशकमा पूर्व राष्ट्रिय सुरक्षा सहायक सल्लाहकार अरविन्द गुप्ता छन् भने सतिशचन्द्र उपाध्यक्ष हुन् । डोभालका जेठा छोरा सूर्य डोभाल सन् २००९ मा फाउण्डेशन स्थापना भएदेखि नै उक्त संस्थामा आबद्ध छन् । 

मुख्य पेशागत संलग्नता वित्तीय क्षेत्रसँग भए पनि सूर्य विवेकानन्द फाउण्डेशन र इण्डिया फाउण्डेशनजस्ता वैदेशिक नीति,सुरक्षा र भूराजनीतिक अनुसन्धानमा केन्द्रित संस्थाहरूमा पनि सक्रिय छन् । रणनीतिक तथा सुरक्षा विषयमा प्रभावशाली मानिने संस्थाको सेमिनारमा रास्वपाका उपसभापतिको सहभागितालाई क्षेत्रीय कूटनीति,सुरक्षा संवाद र वैदेशिक नीति समन्वयको दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ । यद्यपि सेमिनारको एजेण्डा र वाग्लेको भूमिकाबारे औपचारिक विवरण रास्वपा र फाउण्डेशन दुबै पक्षले सार्वजनिक गरेका छैनन् ।

टिप्पणीहरू