देउवालाई लिङ्देनको निम्तो

देउवालाई लिङ्देनको निम्तो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न लिङ्देन आज उनकाे महाराजगञ्जस्थि निवास पुगेका हुन् । राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार उनीहरुबीच आसन्न चुनाव र समकालीन राजनीतिबारे कुराकानी भएको छ । 

साथै, पृथ्वी जयन्तीका अवसरमा पार्टीले आयोजना गर्न लागेको चियापान कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देनले देउवालाई निम्तो दिएको पनि उनले जानकारी दिए । हरेक वर्ष पुस २७ गते पृथ्वी जयन्तीका अवसरमा राप्रपाले चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

टिप्पणीहरू