काँग्रेस निर्विरोध, एमाले र नेकपाबीच प्रतिस्पर्धा
कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली काँग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भएका छन् । काँग्रेस–एमाले गठबन्धनबाट उम्मेदवारी दिएका थापाको विपक्षमा कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन्।
उनसँग प्रतिस्पर्धा हुने भनिएका नेकपाका हेमराज घिमिरे उम्मेदवारी दर्ता गराउन नआएपछि थापा निर्विरोध निर्वाचितको अवस्था बनेको हो । यसबीच, राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमालेका तर्फबाट झापाका सोमनाथ पोर्तेलले दलिततर्फ र रोशनी मेचेले महिलातर्फ उम्मेदवारी दर्ता गराएका छन्।
नेकपाबाट महिलातर्फ नमिता न्यौपाने र दलिततर्फ खेमराज सुन्दासले उम्मेदवारी दिएका छन्।
टिप्पणीहरू