राष्ट्र बैंकको सुशासन नक्सालमा छताछुल्ल
सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पवनकुमार आचार्य नियुक्त भएपछि केन्द्रीय बैंकको सुशासनको सन्दर्भ उठेको छ । अघिल्लो सोमबार बसेको बैंक सञ्चालक समिति बैठकले डेपुटी सिइओ आचार्यलाई बढुवा गरेको थियो ।
आचार्य तीन महिनापछि २०८२ माघ १२ गतेदेखि सिइओमा नियुक्त हुनेछन् । माघ ११ गतेसम्म निश्चलराज पाण्डे बैंकको सिइओ रहनेछन् । केन्द्रीय बैंकबाट अवकाशप्राप्त तीन जना कार्यकारी निर्देशक सानिमाको सञ्चालक छन् । पहिले स्वतन्त्र सञ्चालक रहेका एक जनालाई संस्थापक सेयर धनी समूहको तर्फबाट नियुक्त गरिएपछि रिक्त स्थानमा राष्ट्र बैंकबाट अवकाशप्राप्त अर्का एक जनालाई लगिएको छ । त्यसैगरी नियमनकारी निकायबाटै अवकाशप्राप्त अर्का एक जना अहिले सर्वसाधारण लगानीकर्ताको समूहबाट सञ्चालक रहेका छन् ।
बैंकको सहायक कम्पनी सानिमा क्यापिटलमा समेत राष्ट्र बैंकबाट अवकाशप्राप्त अर्का एकजना कार्यकारी निर्देशक सञ्चालक छन् । पहिले पनि केन्द्रीय बैंकका दुई जना कार्यकारी निर्देशकले सानिमामा सञ्चालकको जिम्मेवारी निर्वाह गरिसकेका थिए । गभर्नर विश्वनाथ पौडेल स्वयम् कुनैबेला सानिमाको सञ्चालक थिए । सानिमा ग्रुपका विभिन्न जलविद्युत कम्पनीमा उनको लगानी रहेको गभर्नर बनेपछि बुझाइएको सम्पत्ति विवरणमा उल्लेख छ ।
उनै दाहालले केन्द्रीय बैंकले तोकिएको तलब,भत्ता तथा सुविधाभन्दा फरक रकम बुझेको प्रमाण फेला पारेपछि कारबाहीस्वरुप उक्त रकम फिर्ता गराइएको थियो ।
राष्ट्र बैंकबाट अवकाशप्राप्त एउटै कर्मचारी कुनै समय विज्ञ सदस्यको हैसियतमा रहने, त्यसपछि उक्त हैसियतमा सदस्य दोहोर्याउन नमिल्ने भएपछि उनलाई ठूला लगानीकर्ताहरुले प्रमोटरको तर्फबाट सदस्य बनाएका थिए । त्यसरी खाली भएको ठाउँमा केन्द्रीय बैंकका अर्का पूर्व कार्यकारी निर्देशकलाई स्वतन्त्र सञ्चालक बनाइएको छ । यसअघि कुनै सेयर नभएका केन्द्रीय बैंकका कार्यकारी निर्देशकलाई सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गराउन कसलाई कस्तो आवश्यकता परेको होला ?
गैर आवासीय नेपाली व्यवसायीहरुको लगानी धेरै रहेको उक्त बैंकमा यसअघिका सिइओ भुवन दाहालको सेटिङमा अहिले पनि सञ्चालकहरु तान्ने र फाल्ने काम हुँदै आएको स्रोतको दावी छ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरुलाई उनकै रोडम्यापमा सानिमामा भित्र्याइएको धेरैको विश्लेषण छ । जबकी उनै दाहालले केन्द्रीय बैंकले तोकिएको तलब,भत्ता तथा सुविधाभन्दा फरक रकम बुझेको प्रमाण फेला पारेपछि कारबाहीस्वरुप उक्त रकम फिर्ता गराइएको थियो । उनले फिर्ता गरेको रुपैयाँ २५ लाख हो ।
टिप्पणीहरू