रुकुममा चर्चबाट फर्कदै गरेका आठको मृत्यु,१० घाइते

रुकुममा चर्चबाट फर्कदै गरेका आठको मृत्यु,१० घाइते

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ लिस्नेस्थित भित्री सडकखण्डमा हिजो बेलुका भएको जीप दुर्घटनाका कारण  ८ जनाको मृत्यु भएको छ,१० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी प्रमुख नायब उपरीक्षक प्रमेश बिष्टका अनुसार ७ जनाको घटनास्थलमै र एक जनाको जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको हो । 

मृत्यु हुनेहरूमा आठबिसकोट नगरपालिका ३ की ३० बर्षिया कमला ओली,आठबिसकोट नगरपालिका १ का १६ वर्षीय टेकजंग बुढा,सोही वडाकी १५ बर्षिया दिलमाया बुढा, १५ बर्षिया कल्पना नेपाल र २८ बर्षिया सबिता बिक छन् । त्यस्तै आठबिसकोट नगरपालिका वडा नम्बर २ की १७ बर्षिया मनिका ओली, १८ बर्षिया शर्मिला बिक र २२ वर्षीय गोपाल ओलीको समेत दुर्घटनामा मृत्यु भएको छ। 

घाइतेहरुमा १७ बर्षिया सिर्जना बुढा, १५ बर्षिया सपना नेपाल, १८ बर्षिया जुना बुढा,१७ बर्षिया सङ्ग्गिता बुढा, १९ बर्षिया शान्ति बुढा, १७ बर्षिया अञ्जना यरी, २० बर्षिया महिमा ओली, १७ बर्षिया मनिषा थापा, १५ बर्षिया सबिता बिक र ३४ वर्षीय चालक टोपजंग बुढा रहेको जिल्ला प्रहरी प्रमुख विष्टको भनाई छ । 

घाइतेमध्ये चालक बुढा मुसिकोट नगरपालिका २ का रहेकोमा अन्य ९ जनाआठबिसकोट नगरपालिका १ का वासिन्दा हुन् । घाइतेमध्ये १८ बर्षिया जुना बुढालाई नेपालगन्ज रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पतालमै उपचार चलिरहेको प्रहरीले जनाएको छ । सबै शव पोस्ट मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । 

मुसिकोट खलङ्गाबाट स्यालाखदीतर्फ गइरहेको रा १ ज ४२२ को जीप बाँफिकोट ७ मा दुर्घटना भएको हो । जीप सडकबाट करिब ७ सय मीटर तल खसेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनामा परेकाहरू मण्डली (चर्च)बाट घर फर्किँदै थिए । उनीहरू जिल्लाको त्रिवेणी गाउँपालिका सिम्रुतुस्थित चर्चमा प्रार्थना गर्न गएका थिए ।

टिप्पणीहरू