चीनले भटमास नकिन्दा अमेरिकालाई चिन्ता
चीनले अमेरिकी भटमास (सोयाबिन) खरिद पूर्ण रूपमा रोकेपछि अमेरिकी कृषकहरू ठूलो संकटमा परेका छन् । चीन अमेरिकी भटमासको सबैभन्दा ठूलो बजार थियो । तर हालै व्यापारिक तनावपछि चीनले आवश्यक भटमास ब्राजिल र अर्जेन्टिनाबाट किन्न थालेको छ ।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीनले अर्बौं डलरको भटमास नकिनेपछि भारतलगायत एसिया र अफ्रिकाका देशहरुलाई आफ्नो भटमास लान आग्रह गरेको छ । ‘हामी विश्वभरिका आफ्ना ग्राहकहरूसँग नयाँ व्यापारिक सम्झौता खोज्दैछौं,’ अमेरिकी राष्ट्रिय आर्थिक परिषदका निर्देशक केभिन ह्यासेटले बताएका छन्।
ट्रम्प प्रशासनले चीनले अर्बौं डलरको भटमास नकिनेपछि भारतलगायत एसिया र अफ्रिकाका देशहरुलाई आफ्नो भटमास लान आग्रह गरेको छ ।
चीनले अमेरिकाले आफ्ना सामानमा भन्सार मूल्य बढाएपछि गत अप्रिलदेखि अमेरिकी सामानमा पनि २५ प्रतिशत कर लगाएको छ । जसकारण अमेरिकी भटमासको मूल्य बढेकाले चीनमा त्यसको आयात रोकिएको हो । बिक्री हुन नसकेपछि उता अमेरिकी गोदामहरूमा अर्बौं डलर बराबरको भटमास थन्किएको छ।
अमेरिकी कृषकहरूको घाटा पूर्ति गर्न ट्रम्प प्रशासनले अर्बौं डलर बराबरको राहत प्याकेज ल्याउने तयारी गरेको छ । तर विश्लेषकहरुले चीनजस्तो विशाल बजार गुमाउँदा अमेरिकी कृषि अर्थतन्त्रमा दीर्घकालीन असर पर्न सक्ने संकेत देखिएको चेतावनी दिइसकेका छन् ।
टिप्पणीहरू