संसद् विघटनप्रति सर्वदलीय नागरिक समाजको आपत्ति

संसद् विघटनप्रति सर्वदलीय नागरिक समाजको आपत्ति

सर्वदलीय नागरिक समाजले अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्कीको सिफारिसमा संसद् विघटन गरेकोप्रति आपत्ति जनाएको छ । संसद् विघटन गरिनु संविधानसम्मत नभएको ठहर गर्दै समाजका प्रतिनिधिहरुले उक्त कदमले अन्तरिम सरकार र दलहरुबीच दूरी बढाउनुको साथै पेशागत संस्थाहरुको आस्थामा आघात पुर्याएको बताएका छन् । 

आज राष्ट्रपति रामचन्द्र पौडेलमार्फत् अन्तरिम सरकारलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले चुनावमा दलको विरुद्ध प्रतिशोध साँध्ने, संवैधानिक संरचनाहरुलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने कार्य भएमा अर्को द्वन्द्व सिर्जना हुने र अन्तरिम सरकारको मूल दायित्व च्यूत हुन नसक्नेतर्फ गम्भीर ध्यानाकर्षण गराएका छन् । 

‘lलोकतन्त्रको आधारस्तम्भ आम नागरिक र राजनीतिक दलहरु भएकाले उनीहरुको भूमिकालाई न्यूनिकरण गर्ने, दलका विरुद्धमा प्रतिशोध साँध्ने र संवैधानिक संरचनाहरुलाई असंवैधानिक ढंगले खुम्च्याउने वा चलाउने भएमा अर्को द्धन्द्ध र तनाव सिर्जना भई अन्तरिम सरकार आफ्नो मूल दायित्वबाट च्यूत हुन सक्ने सम्भावनातर्फ सम्माननीय राष्ट्रपतिज्यूमार्फत सरकारलाई ध्यानाकर्षण र सजग गराउँदै सम्माननीयज्यूबाट संविधानको पूर्णपालना र रक्षा हुनुपर्दछ भनि अनुरोध गर्न चाहन्छौं’,विज्ञप्तिमा उल्लेख छ । 

त्यसैगरी, उनीहरुले संविधानको रक्षाका निम्ति राष्ट्रपति पौडेलले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका छन् ।

टिप्पणीहरू