ज्ञानेन्द्र ढुंगाना श्रीलंकामा विनोद चौधरीको प्रतिनिधि

ज्ञानेन्द्र ढुंगाना श्रीलंकामा विनोद चौधरीको प्रतिनिधि

गत फागुनमा राष्ट्र बैंकको गभर्नर बन्ने प्रचारका साथ नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना श्रीलंका पुगेका छन् । उनलाई श्रीलंकामा आर्थिक मन्दीको बेलामा चौधरीले सेयर किनेको युनियन बैंकको सञ्चालक बनाइएको छ ।

नबिलमा चौधरीसँग लफडा भएपछि एकाएक सिईओ छाडेको अर्थ लगाइएका ढुंगाना अहिले फेरि उनीसँग लपक्कै भएर श्रीलंकाको बैंकमा बोर्ड सदस्य भएका हुन् । नबिलका सञ्चालक तथा चौधरीका जेठा छोरा निर्वाण चौधरी पनि युनियन बैंकको सञ्चालक छन् । 

यता नेपाली बैंकमा सञ्चालक रहेको व्यक्ति उता विदेशी बैंकमा सञ्चालक हुन पाउने वा नपाउने भन्ने विषयमा तर्क वितर्क सुनिन्छ । राष्ट्र बैंकका अधिकारीहरु उक्त विषय नैतिकतासँग जोडिएको तर चौधरीसँग त्यो ‘विषय’ अभाव रहेको बताउँछन् । 

आज एनआईसी एसिया बैंकका सिईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि कतिपयले ढुंगानालाई आगामी सिईओको रुपमा लिएका छन् । तर, ढुंगाना चौधरीको खास मान्छेको रुपमा कायम रहेको पछिल्लो नियुक्तिले पनि पुष्टि गरेको छ ।

उक्त बैंकमा चार्टर्ड एकाउन्टेन्ट सञ्जय पोखरेललाई पनि चौधरीको तर्फबाट सञ्चालक बनाइएको छ ।

टिप्पणीहरू