ध्वंसात्मक आन्दोलनको असर सेयर बजारमा

ध्वंसात्मक आन्दोलनको असर सेयर बजारमा

जेन जीको नाममा भएको ध्वंसात्मक आन्दोलनका कारण आज खुलेको सेयर बजारमा ठूलो गिरावट आएको छ। नेप्से परिसूचक १६० अंकले घटेर २,५११.९१ बिन्दुमा पुगेको छ । यो करिब ६ प्रतिशतको ह्रास हो । बजारमा अस्वाभाविक उतारचढाव भएपछि आजको सेयर कारोबार बन्द गरिएको छ।

नौ दिनपछि बजार खुलेको पहिलो दुई मिनेटमै नेप्से ४ प्रतिशतले घटेपछि २० मीनेटका लागि सर्किट ब्रेकरमार्फत कारोबार रोकिन पुगेको थियो। त्यसपछि ११ बजेर २२ मिनेटमा बजार खुल्दा पहिलो मिनेटमै नेप्से ५ प्रतिशतले घट्यो र दोस्रो सर्किट ब्रेकरमार्फत ४० मीनेटका लागि कारोबार रोकियो। फेरि नेप्से ६ प्रतिशतले घटेपछि १२ बजेर ६ मीनेटमा तेस्रो सर्किट ब्रेकरमार्फत् आजको कारोबार पूर्णरूपले बन्द गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जले २०६४ सालदेखि सर्किट ब्रेकरको व्यवस्था गरेको हो । दैनिक सेयर बजार र कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको उतारचढाव भएमा सर्किट ब्रेकरमार्फत नियन्त्रण गर्ने व्यवस्था छ ।

टिप्पणीहरू