नेपाली भाषामा नरेन्द्र मोदीको बधाई

नेपाली भाषामा नरेन्द्र मोदीको बधाई

प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई र शुभकामना व्यक्त गर्नुभएको छ । मोदीले सामाजिक सञ्जाल एक्समा नेपाली भाषामा लेख्दै कार्कीलाई पदभार ग्रहण गर्नुभएकोमा शुभकामना दिनुभएको छ । 

लेखिएको छ, ‘नेपाली अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना ।’

यसअघि गएराति शीतल निवासमा रामचन्द्र पौडेलले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएलगत्तै भारतीय विदेश मन्त्रालयले नेपालको नयाँ अन्तरिम सरकारको स्वागत गर्दै नयाँ दिल्लीबाट प्रेस विज्ञप्ति जारी गरेको थियो ।

टिप्पणीहरू