आगजनी र हिँसाको छानबिन गर्न आनाकानी
अन्तरिम सरकार गठनमा प्रमुख राजनीतिक दलका नेतालाई बाधक भनिए पनि भित्री कुरा भने फरक रहेको बुझिएको छ ।
भ्रष्टाचार र आन्दोलनमा भएको दमनविरुद्ध उच्चस्तरीय छानबिन आयोग गठन गर्न दलका नेताहरू असहमत भएपछि सरकार निर्माण प्रक्रियामा अवरोध उत्पन्न भएको दावी कतिपयले गरेका छन् । शीतल निवासमा भएको वार्तामा प्रमुख तीन दलका शीर्ष नेतासँग फोन संवाद भएको र उनीहरुले भ्रष्टाचार छानविन गर्न अस्वीकार गरेपछि सहमतिको प्रयास भाँडिएको केही मिडियाको दावी छ ।
सोमबार र मंगलबार दुवै दिन भएका हिंसात्मक घटनाको एकमुष्ठ छानविन गर्नुपर्ने माग दलहरुको तर्फबाट राखिएको छ ।
तर,जनआस्थाको सम्पर्कमा आएका प्रमुख दलका एक नेताले भने उक्त कुरा को खण्डन गरेका छन् । संसद विघटन प्रक्रियालाई लिएर दलहरूको केही फरक प्रस्ताव रहेको तर भ्रष्टाचार छानविन विवादको विषय नरहेको उनले स्पष्ट पारे ।
आन्दोलनमा भएको दमनविरुद्ध स्वतन्त्र छानविन गर्ने कुरामा पनि दलहरूको बिमती नरहेको बताइएको छ । बरु, सोमबार र मंगलबार दुवै दिन भएका हिंसात्मक घटनाको एकमुष्ठ छानविन गर्नुपर्ने माग दलहरुको तर्फबाट राखिएको छ ।
तर,आन्दोलनरत पक्षले भने दोस्रो दिनको तोडफोड र आगजनीको छानविन गर्न नहुने अडान राखेका कारण सहमति जुट्न नसकेको जनआस्थाको सम्पर्कमा आएको स्रोतले दावी गरेको छ ।
टिप्पणीहरू