एसबिआई बैंक नयाँ दिल्लीमा सम्मानित

एसबिआई बैंक नयाँ दिल्लीमा सम्मानित

नेपाल एसबिआई बैंकलाई भारतीय चेम्बर अफ कमर्सले सम्मान गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा हालै आयोजित ‘तेस्रो इमर्जिङ एसिया बैंकिङ्ग अवार्ड, २०२५’ मा एसबिआई बैंक भारतीय चेम्बर अफ कमर्सद्वारा तीन प्रतिष्ठित अवार्डबाट सम्मानित भएको हो । 

ती अवार्ड बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले ग्रहण गरेका हुन् । वाणिज्य बैंक श्रेणीअन्तर्गत व्यवस्थापन, उत्कृष्ट बैंक र सम्पत्ति गुणस्तरमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कार प्राप्त भएको बैंकले जनाएको छ । 

अवार्ड प्राप्तिसँगै बैंकले जोखिम व्यवस्थापन अभ्यास र सम्पत्ति गुणस्तर कायमप्रति प्रतिबद्धतासमेत व्यक्त गरेको छ । विगत ३२ वर्षदेखि बैंकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको एसबिआई बैंकको देशभर एक सय एक शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, २० शाखारहित बैंकिङ्ग, एक सय २५ एटीएम र एक कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।
 

टिप्पणीहरू