चिनियाँ कम्पनीलाई मधेशमा अवरोध

चिनियाँ कम्पनीलाई मधेशमा अवरोध

कञ्चनपुर–कमला सडक आयोजनामा खटिएको चिनियाँ निर्माण कम्पनीलाई सिरहामा अवरोध पुर्याइएको छ । कञ्चनपुर–कमला सडक आयोजनाको पश्चिम खण्डको निर्माण कम्पनी चाइना रेलवे नम्बर २ इञ्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडका केही कर्मचारीमाथि सिरहाको गोलबजारमा हातपात गरिएको रिपोर्ट छ। 

निर्माण कार्यको किलोमिटर २१५–०७० मा स्थानीय बासिन्दाले हातपात गरेका कारण निर्माण व्यवसायी र परामर्शदाताले शान्ति सुरक्षा नभएसम्म काम गर्न नसक्ने जानकारी स्थानीय प्रशासन र प्रहरीलाई गराइसकेका छन् ।

आयोजनास्थलमा देखिएको अशान्त वातावरण हटाएर निर्माण कार्यलाई निरन्तरता दिन,आयोजनास्थल र निर्माण कम्पनीका कर्मचारीहरुसमेतको शान्ति सुरक्षा व्यवस्था गरिदिन संघीय सरकारले लिखित निर्देशन दिएको बुझिएको छ । स्रोत भन्छ, ‘त्यसका लागि भदौ ६ गतेको सचिवस्तरीय निर्णयबाट निर्देशन भैसकेको छ।’

टिप्पणीहरू