पालिका कार्यालयमा काँग्रेस, एमाले र नेमकिपाकाे तालाबन्दी
जुम्लाको सिंजा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल मजदूर किसान पार्टीले आज गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । त्यसैगरी, उनीहरुले कार्यालयबाहिर नाराबाजी गरेकाे बताइन्छ ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार विपक्षमा रहेको तीन पार्टी एक महिनादेखि आन्दोलनमा छन् । बजेट खारेजीको माग गर्दै उनीहरुले आन्दोलन गरिरहेको उनको भनाइ छ ।
जनआस्थासँग उनले भने,‘१६ औं गाउँसभाबाट बहुमतले बजेट पास गर्यो । उहाँहरुले त्यसमा भएको १५ लाखको कार्यक्रममाथि विरोध जनाउँदै आउनुभएको छ । बजेट नै खारेज हुनुपर्ने उहाँहरुको माग छ ।’
जिल्ला प्रशासन कार्यालयलाई उनीहरुले तालाबन्दी गर्नेबारे जानकारी भएपनि नरोकेको अध्यक्ष धितालको आरोप छ ।
टिप्पणीहरू