पछाडि नहट्ने उद्घाेषपछि पूर्व राष्ट्रपतिकाे मधेश जाने तयारी

पछाडि नहट्ने उद्घाेषपछि पूर्व राष्ट्रपतिकाे मधेश जाने तयारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी मधेश जान लाग्नुभएको छ । उहाँ चार दिनका लागि पर्सि वीरगञ्ज जान लाग्नुभएको बताइन्छ । 

सक्रिय राजनीतिमा फर्किएको घोषणापछि नेकपा (एमाले)ले पार्टीमा रोक लगाए पनि भेटघाटलाई तीब्रता दिनुभएकी भण्डारी भदौ पहिलो साता विराटनगर पुग्नुभएको थियो । त्यहाँबाट फर्किएर नयाँ बानेश्वरको थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेपछि उहाँ वीरगञ्ज जान लाग्नुभएको हो । 

विभिन्न मधेशी नेताहरुसँगको भेटघाटसहित विभिन्न संघ संस्थाको कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ। स्रोतका अनुसार एक विद्यालयको कार्यक्रम र उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुने पक्का भइसकेको छ, भने अरु कार्यक्रमको सूची बन्दैछ । 

पूर्व राष्ट्रपति भण्डारीसँग आज राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले भेटवार्ता गर्नुभएकाे छ । एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दै आफू पछाडि नहट्ने बताइसक्नुभएकाे छ ।

टिप्पणीहरू