‘जय नेपाल’ भन्दै इसाइ धर्म प्रचार गर्दैगर्दा अमेरिकी नागरिक पक्राउ
राजधानीको सडकमा खुल्लमखुल्ला इसाइ धर्मको प्रचार गर्दै हिँडेका एक जना अमेरिकी नागरिक पक्राउ परेका छन् । व्यावसायिक भिसा लिएर नेपालीहरुलाई भड्काउँदै हिँडेको अवस्थामा ड्यानिएल एस कोर्नीलाई प्रहरीले पक्रेर अध्यागमन विभागमा बुझाएको छ ।
उनले हातमा माइक बोक्दै राजधानीको व्यस्त स्थानहरुमा नेपाली भाषामा भन्ने गरेका थिए ,‘मेरो नाम ड्यानियल हो । हामी येशु प्रभुको सेवक हौं ।हामीसँग खुशीको खबर छ ।’ उनको भाषाको स्तरअनुसार लामो समयदेखि नेपालमा विभिन्न आवरणमा रहेर धर्मको प्रचार गर्दै हिँडेको अनुमान लगाउन सकिन्छ ।
उनले दाजुभाइ,दिदी बहिनीको नाममा सम्बोधन गर्दै हात फैलाएर वरपरको भूभाग, आकाशलाई परमेश्वरको सम्पत्ति भनेका छन् । राजधानीको सडकमा धर्म प्रचार गर्दै भनेका छन्, ‘परमेश्वर एकदम पवित्र हुनुहुन्छ । म तपाईंको सेवक हुँ । सबैजनालाई प्रभु येशुको सुसमाचार चाहिन्छ र तपाईंहरुलाई प्रभुको सहयोग चाहिन्छ भने प्रभु येशुको प्रार्थना गर्नुहोस् ।’
उनले विश्वमा धेरै वटा युद्ध भइरहेको सन्दर्भ पनि प्रचारको क्रममा जोडेका छन् । युक्रेन, इजरायलमा युद्ध भइरहेकाले हामी सबैलाई स्वर्गीय शक्ति चाहिएको उल्लेख गरेका छन् । स्वर्गीय शक्तिलाई उनले नयाँ शब्द भन्दै सर्वसाधारणलाई इसाई धर्मप्रति आकर्षणको प्रयास गरेको देखिन्छ ।
टिप्पणीहरू