आफ्नै छोरीले गति छाडेपछि...
पतिपीडित र पत्नीपीडित भएको त हामी सबैले सुनेका र देखेका छौँ । तर, पुत्रीपीडित पनि छन् भन्ने कुरा कमैले सुनेका होलान् । कुनै सन्तानका लागि आफ्नै अभिभावक विष हुन सक्छन् भनेर कसैले सोच्न सक्दैनन् । तर, समाजमा यस्ता पनि अभिभावक छन्, जो आफ्नै रगतसँग मुद्दा लडिरहेका छन् । तिनैमध्येका हुन्, काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वर बस्ने ६८ वर्षीय सिद्धिराज ताम्राकार– ६ वर्षदेखि अदालतको चक्कर काटिरहेका ।
वि.सं. २०१२ सालमा भोजपुरमा जन्मिएका उनी २०३६ सालदेखि काठमाडौंमा छन् । भोजपुरमा प्राध्यापन पेशामा थिए । यशोधरा मावि र सावित्रा निमाविको प्रधानाध्यापकसमेत भए । २०४० जेठ १० गते १० वर्ष जेठी मेनका राजकर्णिकारसँग वैवाहिक बन्धनमा बाँधिए । विवाह गर्दा मेनका वीर अस्पतालमा नर्स थिइन् । सरकारी सेवामै रहेका सिद्धिराज २०७० सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वेच्छिक अवकाशमा गए । त्यसपछि दरबारमार्गस्थित होटल अन्नपूर्णको क्यासिनोमा काम गरे । म्यानेजर भएर निस्किए । सिद्धिराज र मेनकाले बारम्बार सन्तानको प्रयास गरे । तर, दुईपटक गर्भ तुहियो । तेस्रोपटकमा बल्लतल्ल एलिजाको जन्म भएको हो । एउटै सन्तान भएकाले सिद्धिराजले एकदमै माया गरेर हुर्काए । प्राइम कमर्सियल बैंकमा जागिर खुवाए । छोरीको चाहनाअनुसार ललितपुर निवासी उतिस राजकर्णिकारसँग ३० लाख रूपैयाँ खर्च गरेर विवाह गरिदिए ।
एक मात्र सन्तान भएकाले श्रीमतीसँग छलफल गरेर छोरीलाई पाँच करोड मूल्य पर्ने घर उपहार दिने निर्णय गरे । कित्ता नम्बर ७०३ मा बनेको दुईवटा घर मेनकाका नाममा थियो । श्रीमतीकै निर्णयानुसार एउटा जग्गामा बनेको घरलाई दुईटा बनाइयो । २५९४ कित्ता नम्बर भएको तीन आना एक पैसा एक दाममा बनेको घरजग्गा छोरीलाई शेषपछि बकसपत्रको लिखत पारित गरी दिइएको हो । लिभर क्यान्सरबाट पीडित मेनकालाई आफैंले मालपोत कार्यालय लगेर छोरी एलिजालाई जग्गा दिएको सिद्धिराज बताउँछन् । त्यसबखत उनले बुवाको पालनपोषण, हेरचाह गर्ने वचन दिएकी थिइन् । जसमध्ये एउटा पनि बाचा पूरा नगरेको सिद्धिराजको भनाइ छ । २५९५ कित्ता नम्बरको घरजग्गा मेनकाले श्रीमानको नाममा पास गरिन् ।
‘मेरो एउटै मात्र सन्तान, आमा मरेपछि उसले बुवाको ख्याल राख्नुपर्छ कि पर्दैन ? उसले बुवा नै नभनेपछि मैले कान्छी ल्याएको हुँ । कान्छी ऊभन्दा चार वर्ष मात्र जेठी छ ।
सो जग्गाको क्षेत्रफल चार आना एक पैसा तीन दाम रहेको छ । २०७६ जेठ ८ गते मेनकाको निधन भयो । आमाको मृत्युपछि छोरी अमेरिकाबाट फर्किइन् । ६ महिनाको काममा आउने भनेकी छोरीले त्यसपछि बुवालाई अनुहार देखाएकी छैनन् । आफ्नो दायित्व पुरा गर्लिन भन्ठानेकोमा उनले बुवालाई उल्टै चोट दिएकी हुन् । छोरीले माया मारेपछि कान्छी श्रीमती ल्याए । ‘मेरो एउटै मात्र सन्तान, आमा मरेपछि उसले बुवाको ख्याल राख्नुपर्छ कि पर्दैन ? उसले बुवा नै नभनेपछि मैले कान्छी ल्याएको हुँ । कान्छी ऊभन्दा चार वर्ष मात्र जेठी छ । उसको आमा बाँच्दा मैले अर्की श्रीमती ल्याएको भए पो अन्याय हुन्थ्यो तर मैले त बितेपछि बिहे गरेको हुँ’, उनले भने ।
अमेरिकामै भएको बेला एलिजाले ‘घर खाली गरिपाऊँ’ भन्दै वारेस रामचन्द्र राजकर्णिकारमार्फत बुवाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिन् । रामचन्द्र एलिजाको सहोदर कान्छा मामा हुन् । मासिक २० हजार रूपैयाँ तिर्नेगरी २०७६ साउन १६ गतेदेखि बुवा आफ्नो घरमा भाडामा बसेको र बहाल नतिरेको फिरादपत्रमा उल्लेख छ । बहाल नदिएको र घर खाली पनि नगरेको उल्लेख गर्दै भाडासमेत भराउन अदालतसमक्ष दरखास्त दिइएको छ । आफैंले छोरीलाई दिएको घर खाली गराउन भन्दै मुद्दा परेपछि उनी झसंग भए । यता, खोजतलास गर्दा छोरीले घरमा भएको गहनासमेत बैंकको लकरमा राखेको भेटियो । उनको घरको लालपुर्जा सिद्धिराजको भदा नाता पर्ने सुभाष राजकर्णिकारसँग छ । उनीहरूले छोरीलाई हात लिएर घरजग्गा खोस्न खोजेको सिद्धिराजको आरोप छ । भन्छन्, ‘ऊ मेरो मुटुको टुक्रा हो । मैले एकदमै माया गरेर हुर्काएँ । अमेरिका गए पनि मलार्ई लाखौं पर्ने घडी पठाइदिन्थिन् । तर, त्यही छोरीले ममाथि मुद्दा दायर गरिन् । मैले जीवनभरको कमाइले बनाएको घरमा बस्न पनि छोरीलाई भाडा तिनुपर्ने ? यस्तो पनि मुद्दा हुन्छ ?’
मैले जीवनभरको कमाइले बनाएको घरमा बस्न पनि छोरीलाई भाडा तिनुपर्ने ? यस्तो पनि मुद्दा हुन्छ ?’
यता, सिद्धिराजले पनि छोरीविरुद्ध शेषपछिको बकसपत्र र दा.खा. बदर गरिपाऊँ र जालसाजीको मुद्दा दायर गरे । काठमाडौँका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले मेलमिलाप हुने प्रकृतिको पारिवारिक मुद्दा भएकाले मेलमिलाप ऐन, २०६८ तथा मेलमिलापसम्बन्धी नियमावली, २०७० अनुसार आदेश दिएको थियो । अर्का न्यायाधीशको इजलासले छोरीलाई बोलाउने आदेश गर्यो । तर, शकुन्तला कार्कीको इजलासले छोरीलाई नबोलाईकन दाबी नपुग्ने ठहर गरिदियो । ‘१० नम्बर इजलासले मिलापत्र गर्ने आदेश दियो । त्यसपछि १४ नम्बर इजलासले छोरीलाई बोलाउने आदेश गर्यो । २१ नम्बर इजलासले मिलापत्रमा नबोलाइकन त्यस्तो आदेश गरेको हो । एकाघरको मुद्दा भएपछि मिलापत्रमा पो पठाउने हो । तर, त्यस्तो आदेश गरेर झन् विवाद बढाउने काम न्यायालयबाट भयो’, उनले भने ।
सो आदेशविरुद्ध उच्च अदालत, पाटनमा पुनरावेदन गरेका थिए् । उच्चले पनि काठमाडौंकै आदेश सदर गरेपछि सर्वोच्च पुगे । हाल मुद्दा विचाराधीन छ । उनी जसरी भए पनि अमेरिकाबाट छोरी झिकाउनुपर्ने माग गरिरहेका छन् ।
बुवा–छोरीलाई परिवारले बनाएको दुश्मन
श्रीमतीको माइतीपट्टीका दाजुभाइ र तिनका सन्तानले आफ्नो सम्पत्तिमा आँखा गाढेर बसेको उनको भनाइ छ । यता, छोरीको घरपट्टीले पनि सम्पत्तिका लागि उचालेको उनको अनुमान छ । एलिजाका श्रीमान् एक्ला छोरा हुन् । पाँच दिदी छन् । यो घर मात्र होइन, भोलि म मरेपछि मेरो सबै सम्पत्ति खाने उनी नै थिइन् । तर, उनले बुवासमेत नभनेको देख्दा साह्रै चित्त दुख्छ’, उनले भने ।
नक्कली हस्ताक्षर
कुनै पनि मुद्दामा अदालतले तथ्य र प्रमाण हेर्छ । जोसँग प्रमाण छ, उसैले मुद्दा जित्छ । तर, पारिवारिक मुद्दामा दुवै पक्षलाई उपस्थित नगराइकन फैसला सुनाउनु कमजोरी देखिन्छ । अर्कोतर्फ, अदालती कागजातमा गरिएको हस्ताक्षर पनि नक्कली भएको सिद्धिराजको दावी छ । उनका अनुसार एलिजालाई नेपालीमा हस्ताक्षर गर्नै आउँदैन । उनको हरेक कागजातमा अंग्रेजीमै हस्ताक्षर गरिएको छ । अदालतको कागजातमा गरिएको हस्ताक्षर किर्ते भएको आरोप उनको छ । यता, साक्षीहरू पनि किर्ते नै भएको उनी ठोकुवा गर्छन् ।
(जनआस्था साप्ताहिकको भदौ ४ गते बुधबारको अंकमा प्रकाशित)
टिप्पणीहरू