राष्ट्रपति र प्रधानमन्त्रीबीच शीतल निवासमा भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली आज बिहान राष्ट्रपति निवास शीतल निवास पुग्नुभएको हो । राष्ट्र प्रमुख र सरकार प्रमुखबीचको भेटवार्तालाई प्रधानमन्त्रीको सचिवालयले नियमित भनेको छ ।
भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तान भ्रमणबारे बिफ्रिङ गरेको बताइएको छ । आवाजामा सम्पन्न विकासशील मुलुकुहरुको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालले गहिरो प्रभाव पारेको ओलीको भनाइ थियो ।
त्यस्तै, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन ०६६ लाई संशोधन गर्न बनेको विधेयकबारे पनि छलफल भएको बुझिएको छ । राष्ट्रपति पौडेलले उक्त संधोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल रहेको ठहर गर्दै संविधानको धारा ११३ को उपधार (३) बमोजिम प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो ।
त्यसबारे आज प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष जिज्ञासा राखेको बताइएको छ ।
टिप्पणीहरू