एनसेलको ‘बिज सधैं अन’ योजना : १० महिनाको शुल्कमा १२ महिनाको सेवा
नेपाली व्यवसायहरूलाई थप सबल बनाउने उद्देश्यले एनसेलले ‘बिज सधैं अन’ योजनामा आधारित नयाँ मनसुन बिजनेस अफर सार्वजनिक गरेको छ।
यो अफरले साना तथा मझौला उद्यमी, कर्पोरेट र पोस्टपेड ग्राहकहरूलाई न्यून लागतमा टेलिकम सेवा प्राप्त गर्ने सुविधा दिनेछ। ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने अवधारणामा आधारित यस अफरमा ग्राहकहरूले १० महिनाको शुल्क तिरेर एक वर्षसम्म सेवा लिन सक्नेछन् भने दुई महिना निःशुल्क सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ।
‘बिज सधैं अन ३९९’ र ‘६४९’ प्लानमा उपलब्ध यस अफरमा मासिक रूपमा डेटा, भ्वाइस र एसएमएसका नियमित सुविधा मात्र नभई विभिन्न डिजिटल सेवाहरू पनि समेटिएका छन्।
३९९ प्लानमा प्रत्येक महिनामा १० जीबी डेटा, ४०० मिनेट टक टाइम र ४०० एसएमएस प्राप्त हुनेछ भने ६४९ प्लानमा ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएसको सुविधा रहनेछ।
मनसुन अफर अन्तर्गत कर्पोरेट ग्राहकहरूका लागि थप आकर्षक प्रस्तावहरू पनि रहेको कम्पनीले जनाएको छ। तीन मोबाइल नम्बर वार्षिक सदस्यता लिँदा एउटा नम्बरले ६ महिनाको सेवा निःशुल्क पाउनेछन् भने पाँच नम्बर लिँदा दुई नम्बरमा छुट उपलब्ध हुनेछ।
एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले व्यवसायिक ग्राहकहरूलाई डिजिटल रूपमा सशक्त बनाउन यो अफर ल्याइएको बताए। उनले सबै किसिमका व्यवसायहरूले मुलुकको अर्थतन्त्रमा योगदान गर्ने र यो सेवा योजनाले तिनीहरूको प्रगति र विस्तारमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे।
यस अफर अन्तर्गत ग्राहकहरूले Lionsgate Play जस्ता अन्तर्राष्ट्रिय मनोरञ्जन सामग्री तथा नेपाली सेयर बजार विश्लेषण एप ‘मेरो लगानी’ मा पनि पहुँच पाउनेछन्।
साथै, क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि विशेष छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
एनसेलको वेबसाइटबाट थप जानकारी लिन सकिने र कलब्याकको लागि अनुरोध गर्न सकिने व्यवस्था गरिएको छ।
अफर सिमित अवधिका लागि लागू भएकाले इच्छुक व्यवसायहरूले चाँडो सेवा लिन कम्पनीले सुझाव दिएको छ।
टिप्पणीहरू