मोर्चाको सक्रियता घटेकोमा नेताहरु चिन्तित
चार राजनीतिक दल सम्मिलित समाजवादी मोर्चाको बैठक बसेको छ । ती दलका नेताहरु आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा आयोजित बैठकमा जुटेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता वामदेव गौतम, महासचिव घनश्याम भुसालको उपस्थिति छ । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको सहभागिता छ ।
बैठकको सुरुमै विप्लवले मोर्चाको सक्रियता कम हुँदै गएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले मोर्चालाई प्राथमिकता नदिएको उनको आशय थियो । यद्यपि, प्रचण्डले पछिल्लो समय विकसित घटनाक्रमको कारण मोर्चाको बैठक ओझेलमा परेको बताएपछि बैठक अघि बढेको बताइएको छ ।
टिप्पणीहरू