बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामा पदमुक्त
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ नेपाली कांग्रेस संसदीय दलको नेताबाट पदमुक्त भएका छन् ।
आज प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा भएको मतविभाजनमा लामाविरुद्धको अविश्वास प्रस्ताव २२ मतले पारित भएको हो । उनको पक्षमा १५ मत मात्रै खसेको छ ।
२१ सांसदको हस्ताक्षरसहित अस्ति दर्ता गरिएको प्रस्तावमाथि आज संघीय सांसद राजन केसीको उपस्थितिमा मतदान भएको हो । अब कांग्रेस बागमती प्रदेश संसदीय दलमा नयाँ नेताको चयन प्रक्रिया अघि बढाइने छ ।
टिप्पणीहरू