हिन्दू धर्मावलम्बीहरुको यो वर्षको चाडबाड शुरु

हिन्दू धर्मावलम्बीहरुको यो वर्षको चाडबाड शुरु

श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व परम्परागत रुपमा मनाइँदैछ ।  आज हिन्दू धर्मावलम्बीहरुले नागदेवताको पूजा गरी घरको मूलढोकामा नागको तस्बिर टाँस्छन् ।

धार्मिक विश्वासअनुसार नागको पूजा गर्दा सर्प, बिच्छी, चट्याङ र आगलागीको भय हट्छ । नेपाल पञ्चाङ्ग समितिका अनुसार प्रत्येक घरमा नागको बास हुने विश्वास छ । आजै नागसँगै जोडिएका विष्णु, शिव, गणेश, बुद्ध, बलराम, लक्ष्मणलगायतको पनिस्मरण गरिन्छ ।

काठमाडौंको नागपोखरी, टौदह लगायत देशभरका नागदह र नागस्थानहरूमा विशेष पूजाआजा हुँदैछ । आजको दिन खेत जोत्न, सर्प मार्न निषेध गरिन्छ भने गाईको दूध, दुबो, अक्षता र रोटी चढाउने परम्परा छ ।

यस पर्वसँगै हिन्दू धर्मावलम्बीको यो वर्षको चाडपर्व सुरुवात हुने धार्मिक मान्यता छ ।

टिप्पणीहरू