बेपत्ता परिवारको खोजी जारी, घटना रहस्यमय

बेपत्ता परिवारको खोजी जारी, घटना रहस्यमय

सिन्धुलीको गोलन्जोर गाउँपालिकाबाट बेपत्ता परिवारका सबै सदस्यको पहिचान खुलेको छ । शुक्रबारदेखि बेपत्ता एउटै परिवारका १६ जनाको पहिचान खुलेको छ । घरमुली ५२ वर्षीया उर्मिला हायूसहित उनका ६ छोरी, ६ छोरा र एक–एक नाती नातिनी छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उर्मिलाकी जेठी छोरी २७ वर्षीया कमला, २१ वर्षीया सुजाता, १९ वर्षीया उषा, १८ वर्षीया अस्मिता, १५ वर्षीया शान्ता, १० वर्षीया ओमकुमारी छन् । 

त्यस्तै, छोराहरुमा जेठो २९ वर्षीय राजु, माइला २४ वर्षीय हिमाल, साइला लालबहादुर, १४ वर्षीय वेगबहादुर, ११ वर्षीय लक्ष्मण, १२ वर्षीय सुवर्णसहित माइली बुहारी २३ वर्षीया कोमलमाया र १ वर्षका नाती तथा नातिनी ४ वर्षीया रियासा छन् । 

बेपत्ता उर्मिलाको श्रीमानको केही वर्षअघि नै मृत्यु भएको हो । परिवारै बेपत्ता भएको खबरपछि प्रहरीले खोजी प्रयासलाई व्यापक बनाएको जनाएको छ । उनीहरुको मोबाइल ट्रेसबाट नजिकैको रामेछाप एरियामा देखाए पनि यकिन हुन नसकेको बताइन्छ । 

घरमा आगो लागेको अवस्था, गाईवस्तु गोठमा बाँधिएको, घरको ढोका खुल्ला रहेको आदी अवस्थाले पनि घटनालाई थप रहस्यमय बनाइएको छ ।

टिप्पणीहरू