एनआईसीका कार्डवाहकलाई थप छुट
एनआईसी एशिया बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले ईस्टप नेपालका रेष्टुरेन्ट तथा चार्जिङ स्टेशनमा विशेष छुट पाउने भएका छन् । बैंक र ईस्टपबीच विशेष सम्झौता भएसँगै छुटबारे जानकारी दिइएको छ ।
अबदेखि बैंकका डेबिट, क्रेडिट तथा प्रिपेड कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले ईस्टपले उपलब्ध गराएको रेष्टुरेन्टका परिवारमा १० प्रतिशत र चार्जिङ स्टेशनमा पाँच प्रतिशत छुट पाउनेछन् ।
बैंकका अनुसार नवलपुरको दलदले, सिन्धुलीस्थित रामटार र कुरिनटारमा ईस्टेपको रेष्टुरेन्टसँगै विद्युतीय गाडी चार्जिङ स्टेशन छन् ।
त्यहाँ अब बैंकका ग्राहकले गाडी चार्ज गर्दै खानाको स्वाद लिन र छुट उपभोग गर्न सक्नेछन् । यसले मुलुकमा डिजिटल भुक्तानी र हरित अर्थतन्त्रको प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
टिप्पणीहरू